नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ को चर्चा

पाेखरा | फागुन ५, २०८०

नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ को चर्चा

पोखरा:    ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ । 


फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाईन् । 


फेस्टिभलको तेस्रो दिनको सत्रमा उनको पुस्तक विषयमा भएको चर्चामा सहजकर्ताको भूमिका प्रतिभा तुलाधरले निभाएकी थिईन् । सत्रमा प्यारियटले पुस्तक लेखनले उनको जीवनमा कस्तो प्रभाव पारेको छ भन्ने कुरा बताइन् । 


‘पुस्तक लेख्दा कसैको जीवन परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता छ किनभने लेख्न थालेको बेलामा तपाई जस्तो हुनुहुन्थ्यो त्यो व्यक्ति होइन,’ प्यारियटले भनिन् । 


उनको पुस्तक एभ्रिथिङ द लाइट टचेज वर्गीयकरण, उपनिवेशवाद, उत्तर–औपनिवेशिकता, जस्ता विषयवस्तुहरू खोतल्ने उपन्यासको रूपमा चिनिन्छ । यसले प्रकृति र विज्ञान विषयमा गहिरो तथ्य देखाउँछ । जून समकालीन समाजको लागि महत्त्वपूर्ण सान्दर्भिकता राख्छ ।


यो पुस्तकले लेखिका स्वयंलाई पनि संसारलाई फरक ढंगमा हेर्ने सिकाएको बताउँछिन् । 


प्यारियटले भनिन्, ‘एभ्रिथिङ द लाइट टचेज: ए उपन्यास’ लेख्दै गर्दा मलाई संसारलाई कसरी हेर्न सिकाइएको थियो त्यसलाई फरक ढंग र नयाँ प्रक्रियाले हेर्ने सिकायो ।’ जसकारण पनि प्यारियटले पुस्तक लेख्दा परिवर्तनको आशा राख्छिन् । पुस्तक लेख्दै गर्दा उनी नयाँ व्यक्तिको रुपमा परिवर्तन हुने बताउँछिन् । 


प्यारियटले थपिन्, ‘पुस्तक लेख्दा सधैं परिवर्तनको आकांक्षा राख्छु । यसले मलाई नयाँ व्यक्ति र नयाँ लेखक बन्न चुनौती दिन्छ ।’


सत्रमा छलफलका क्रममा, प्यारियटले उपन्यासको दुई पात्रहरू, गेर्टा र शाइले संसारलाई हेर्ने दृष्टिकोणलाई कसरी फरक पार्छन् भनेर प्रकाश पारिन् । 


‘म जस्तै उत्तरपूर्वी भारतबाट आएका गेर्टा र शाईले विश्वलाई हेर्ने वैकल्पिक तरिका प्रदान गर्छन्,’ उनले थपिन्, ‘उपन्यासले धेरै प्रश्नहरू खडा गर्छ, जसको एउटा केन्द्रीय जिज्ञासा छ हामी संसारलाई कसरी बुझ्छौं ?’


उनको लागि पनि यो प्रश्न निकै महत्वपूर्ण रहेको सुनाइन् । कुनैपनि विषय बुझनका लागि व्यक्तिले त्यो वस्तु वा विषयसँग कसरी आफूसँग सम्बन्ध राख्छ महत्वपूर्ण रहेको उनको भनाइ थियो । 
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्